केबुलकार परियोजना नरोकौं

माघ १७, २०८१

पाठक पत्र

Let's not stop the cable car project

देशमा लगानी नबढ्दा रोजगारी र उत्पादन ठप्प छ । यस्तो बेलामा नेपालका उत्साही उद्यमीले सुरु गर्न लागेको पाथीभरा केबुलकारले प्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिन सक्छ ।

परोक्ष रूपमा त्यस क्षेत्रमा होटल, पर्यटन, व्यापार व्यवसायलगायत समग्र आर्थिक क्रियालापलाई टेवा पुर्‍याउँछ । यस्तो परियोजनालाई अगाडि बढाउँदा त्यस क्षेत्रले पाथीभरा माता र मुक्कुमलुङको आशीर्वाद प्राप्त गर्नेछ । देशमा उत्पादन, रोजगारी, लगानीको दुरवस्था रहेको कठिन बेला विभिन्न बहानामा लगानी रोक्ने हो भने समृद्धि कहिले ?

मुकुन्द अर्याल, कोटेश्वर चिया चौतारी, काठमाडौं

पाठक

Link copied successfully