ट्रम्प घोषणाको असर

माघ १५, २०८१

पाठक पत्र

The impact of Trump's announcement

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता रोक्ने घोषणा गरेसँगै नेपाललाई पनि प्रत्यक्ष असर पर्ने देखिएको छ ।

अमेरिकाले जस्तै अन्य मुलुकले पनि नेपाललाई सहयोग नगर्ने हो भने नेपालको हालत के होला ? नुनदेखि सुनसम्म अरूकै अनुदानमा बाँच्ने नेपाल सरकारले आफ्नो देशको बारेमा कहिले सोचेन, अझ पनि सोच्नेवाला छैन । अमेरिकाले सहयोग नगर्दा यसको दीर्घकालीन असर पर्न सक्छ । तर, ट्रम्पले जुन निर्णय गरे, त्यो उनको देशका लागि भने सही छ । हरेक देशको नेतृत्वले यसरी आफ्नो राष्ट्र र नागरिकका बारेमा नै सोच्ने हो, यदि देश विकास गर्ने हो भने । नेपालका नेताले पनि जनता र राष्ट्रका बारेमा सोचेको भए देश अहिले यस्तो डामाडोल अवस्थामा पुग्ने थिएन ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully