सबैभन्दा पहिला आफू, त्यसपछि हुने आफ्ना भाइभाइपछि हुने आफ्ना छोरा, त्यसपछि फेरि भाइका छोराआहा, कति राम्रो व्यवस्था आनन्दसँग सरकार चलाउनेहजारौं हजार सलाम त्यस्ता ‘दूरदर्शी’ जंगबहादुरलाई ।
एउटा मिल्यो अर्कोसँग, अर्को मिल्यो अर्कोसँग
‘हाम्रो सरकार पूरै चल्छ’ भन्ने गर्यो चर्कोसँग
एउटा एकछिन आराम गर्छ फेरि त्यसले मौका पाउँछ
संघीयता र गणतन्त्रमा यसैगरी पालो आउँछ ।
गाउँबाट सहर खेदी सहरबाट विदेश पठाई
ऋणको भारी टन्न बोकाई, त्यसमाथि फेरि कर लगाई
सरकारका अंग बीचमा सजाई घेरा हालेर आफू खाई
लाखौं खाल सलाम छ यस्तो संघीयता र गणतन्त्रलाई ।
आफ्नो हितको सदा ख्याल गर्ने राष्ट्रहितमा ध्यान नलगाई
सत्ताभित्र जे पनि गर्ने, सत्ताबाहिर ठूला गफ लगाई
‘भित्र–बाहिर’, ‘गर्ने–बोल्ने’ केही न केहीमा समय बिताउने
उत्तरोत्तर शुभकामना छ यस्तो संघीयता र गणतन्त्रलाई ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
