पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति वा कुनै महत्त्वपूर्ण पदबाट विश्राम लिएपछि राजनीतिमा सक्रिय हुनु नैतिकताहीन हो । पूर्वराष्ट्रपति विद्या भण्डारी हिजोआज एमालेको सक्रिय राजनीतिमा लागेको छनक पाइन्छ ।
हुन त उनी राष्ट्रपति रहेकै बेलामा पनि एमालेको सल्लाहकार जस्तै भूमिका निभाउँथिन् । अहिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि माओवादीको सक्रिय राजनीतिमा लाग्ने खबर सुन्न थालेका छौं । जति सम्मानित पद दिए पनि त्यसको महत्त्व नबुझी फेरि राजनीतिक खेलमा लाग्ने यस्ता भूतपूर्वहरूको सुविधा राज्यले खोस्नुपर्छ र त्यसको क्षतिपूर्ति पनि भराउनुपर्छ । नैतिकता कानुनभन्दा माथि हुन्छ ।
– हेमन्त न्यौपाने, अरुणखोला, नवलपरासी (पूर्व)
