‘जनताका पक्षमा संविधान संशोधन गर्ने’सरकार बनाउँदाका कुरा अहिले भुसुक्कै बिर्सनेनेतागणलाई काम लाग्ने, दल फुटाउने खालको अध्यादेश ल्याउनेजनतालाई काम लाग्ने विधेयक त्यत्तिकै थन्क्याएर राखिछाड्ने ।
सकेसम्म मन्त्रालय र मन्त्रीको संख्या बढाउने
सँगै, आफ्ना सुविधा पनि बढाउन ढिलाइ गर्दै नगर्ने
जनतालाई कर लगाउने वैदेशिक ऋण झन्झन् बढाउने
प्रत्येक नागरिकका थाप्लामा पनि ऋणको भार झनै बढाउने ।
भन्दाखेरि, ‘भ्रष्टाचारीको मुखै हेर्दिन’ भन्दै गर्ने
गर्ने बेलामा, चर्चित काण्ड र अनेक प्रकरणलाई वास्तै नगर्ने
युवा जनशक्तिलाई विदेशतिर श्रम गर्न वा लडाइँमा पठाउने
गाउँ, सहर गर्दागर्दै देशलाई नै रित्तो पार्दै लाने ।
आफू सत्तामा रहेका बेला कामै नगरी समय बिताउने
सत्ताबाहिर भएपछि अरूलाई दोष दिएर समय बिताउने
हामी जनता खिन्न भएर देशको माटोमा पसिना बगाउने
सुविधाभोगी नेतागणचाहिँ मनमौजी बन्दै समय बिताउने ।
– अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा
