'वाइडबडीको घूसमध्ये आधा अर्ब सिंगापुर र दुबईबाट व्यवस्थापन' शीर्षकको समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणीः
त्यसको प्रसाद बालकोट दरबार, बूढानीलकण्ठ दरबार, खुमलटार दरबारसम्म पुगेको हुन सक्छ ।
– राजा राम
हजारौं नेपाली दाजुभाइ मारेर खर्बौं राष्ट्रिय सम्पत्ति सकेर ल्याएको गणतन्त्रमा यत्ति पनि गर्न नपाए केको गणतन्त्र !
– नवीन मल्ल
भ्रष्टाचार गर्नु आमालाई काटेर रगत पिएबराबर हो ।
– शिव खनाल
गलत र बदनियत गर्नेलाई कारबाही होस् ।
– इन्द्रेस राउत
यो कुरा नर्मल हो नेपालमा । यतिको भ्र्रष्टाचार गरेन भने त नेता हुने क्वालिफिकेसन नै रहँदैन नि ।
– सुनिल गुरुङ
