केही होला कि भन्ने थियो

पुस १७, २०८१

पाठक पत्र

It was said that something would happen

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिरसगरमाथाजस्तै ठाडो कहिले होला हाम्रो शिरअमनचयन देख्न भोग्न पाइने होला कहिलेतिरभद्रगोलमा बाँच्नुपर्दा छैन यो मन कहिल्यै स्थिर

कहिले घाम उदाउला, खुसीको दिन आउला कहिले
गाईजात्राको निरन्तरता अन्त्य हुने साइत कहिले
अरूको भर पर्दापर्दै महिना, साल, युग बिते
बल हुनेले, धन हुनेले, माफियाले सधैं जिते

मूलबाटोको यात्रा छाडी दायाँबायाँ लुकीछिपी
बाहिर बोक्रो, भित्र खोक्रो तडकभडक देखासिकी
उँभोउँभो जाला भन्यो उँधोउँधो झर्दै गयो
केही होला कि भन्ने थियो आज त मन मर्दै गयो ।

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक

Link copied successfully