संविधान संशोधनका लागि कार्यदल बनाउँदा विज्ञ व्यक्तिहरूलाई समावेश गर्दा बेस होला । राजनीतिक आग्रह पूर्वाग्रह नराखी राष्ट्रहितमा संविधान संशोधन गरियोस् भन्ने आमनेपालीको चाहना नेताले बुझ्न सकून् ।
व्यक्तिको स्वार्थ र कसैलाई रिझाउनकै लागि संविधान संशोधन नहोस् । संविधान
संशोधनकै मूल एजेन्डामा सहमत भई चार महिनाअघि गठन भएको एमाले–कांग्रेस गठबन्धन सरकारले बल्ल गृहकार्य थालेको छ । कतिपय राजनीतिक दल अहिले पनि संविधान मान्दिन भनिरहेका छन् । सबभन्दा पहिला दलहरूले याद गर्नुपर्यो कि संविधान संशोधन कसका लागि किन गर्ने ? कुन कुन विषयमा गर्ने ? त्योचाहिँ महत्त्वपूर्ण कुरा हो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
