आफ्नै खाएर पुग्दैन खेती लाउन छाडियोआफ्नै लाएर पुग्दैन कारखाना थिए बेचियोआफ्नैले पनि चिन्दैनन् भाषा संस्कृति मासियोआयातित भए जम्मै आफ्नो भन्नु कहाँ रह्यो !
आफ्नो माटो बिझाएर प्यारा काँडा अरू भए
आफ्नो बाटो बिराएर बिरानामा हिँडिरहे
आफ्नो फूल नजोगाई काँडा ल्याएर रोपिए
अरूका विष मौलाए हाम्रा अमृत छोपिए ।
यतै उल्टो, उतै उल्टो, उल्टै मात्र भयो किन ?
यतै दुष्ट उतै दुष्ट हराए कि त सज्जन
बिग्रेको चीज केही गर्दा सक्दैन यहाँ सच्चिन
हुनुहुन्न सधैं मैलो, आउनु छ सफा दिन ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
