सुनको थालमा भिख मागेर

पुस १५, २०८१

पाठक पत्र

Begging on a golden plate

नेताहरूको बुद्धि कस्तो, कति होला ज्ञान ?गर्नुपर्ने काम एउटा, अर्कैतिर ध्यानजनताका दुइटा काम, कर तिर्ने र भोट दिनेदेशको हालत अधोगति, कसलाई दोष दिने

यस्तो होला उस्तो होला, सपना त थियो
विपना त बाउँठिएर अक्करमा पो पुग्यो
पद र पैसा, घमण्डमा सदाकाल बित्यो
इमान–जमान, कर्तव्य त कता डुब्यो–डुब्यो

विकास के हो, समृद्धिको कस्तो हुन्छ मुहार ?
सुनको थालमा भिख मागेर चलाउने हो घरबार ?

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक

Link copied successfully