लोकतन्त्रको बिउ–बेर्ना

पुस ८, २०८१

पाठक पत्र

Sowing the seeds of democracy

काठमाडौँ — यता खोजें उता खोजें लोकतन्त्र देखिएनयथार्थमा व्यवहारमा गणतन्त्र भेटिएनमहँगीमा, संकष्टमा, बाढीपैह्रो, आगलागीमा हेपिएका, चेपिएका भुइँमान्छेका गरिबीमामालपोत, अड्डा, कार्यालय, यत्रतत्र मन्त्रालयकुनाकाप्चा खोजीपसें लोकतन्त्र भेटिएन ।

राष्ट्रसेवक कर्मचारी जर्रो व्यवहार, टर्रो बोली
‘आज काम भ्याइँदैन अब फेरि आउनु भोलि’
लोकतन्त्रमा लोकतन्त्रको बिउ–बेर्ना जोगाउन
हम्मे–हम्मे पर्ला जस्तो गाँठी कुरो बुझाउन 
बसी बोले कोही सुन्दैन, उठी बोले जान्छ उडी
डोटी–अछाम पुगिँदैन इलाम जाने गाडी चढी ।

– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक

Link copied successfully