चितवन हात्ती महोत्सवमा हात्ती दौड, फुटबल तथा पोलोजस्ता गतिविधि पुनः सञ्चालन गर्नु कोही पनि विवेकसंगत व्यक्तिलाई खेदपूर्ण लाग्छ । यी क्रूर तथा निर्दयी कार्यक्रम आजभन्दा पाँच वर्षअघि नै स्थगित गरिएको थियो र यो सदाका लागि त्यहीं बन्द गरिनुपर्थ्यो ।
अघिल्ला वर्ष महोत्सव आयोजना गर्ने क्रममा सहभागी हात्तीलाई अंकुशजस्ता चुच्चा हतियारले बारम्बार हिर्काइएको, घोचिएको र बलपूर्वक कान तानेको भिडियो फुटेज देखिएका थिए । आघातको अवस्थामा रहेका हात्तीमाथि माहुतेहरूले लट्ठी तथा चक्कुजस्ता काठका धारिला हतियार प्रयोग गरेको पनि देखिन्छ । एउटा सानो डराएको छावालाई कानपछाडि बारम्बार घोचेर फुटबल खेलाउन खोज्दा उसको कानमा रगताम्य घाउ भएको देखिएको थियो । खेल मैदानबाहिर पनि माहुतेहरूले बिनाकुनै हिच्किचाहट क्रूर तरिकाले घोच्ने तथा पिट्ने कार्य गरिएका थिए । हिंसा र नियन्त्रणपछि मात्रै यस्ता जटिल गतिविधिमा ठूला पशुलाई जबर्जस्ती सरिक गराउन सम्भव छ ।
यस्ता विवादास्पद तथा निन्दनीय योजना अगाडि बढेको खण्डमा जिम्मेवारपूर्वक यात्रा गर्ने पर्यटकले आफ्नो गन्तव्य नेपाललाई रोज्ने छैनन्, नेपालको प्रतिष्ठामा पनि यसले ठूलो धक्का लाग्नेछ । संसारले यो विषयलाई नियालिरहेको छ । र, यसको परिणाम अत्यन्तै गम्भीर हुनेछ ।
– जेसन बेकर, वरिष्ठ उपाध्यक्ष, पेटा एसिया, हङकङ
