भद्रगोल विकास

पुस १, २०८१

पाठक पत्र

Vagrant development

काठमाडौँ — पाटीपौवा भत्केका छन्, चौतारा ती ढलेका छन्धान फल्ने गैह्रीखेतमा महल–सहर बनेका छन्सडक खन्दा टोलटोलमा बाढीपहिरो चलेका छन्ट्र्याक्टर चढी घरघरमा पत्रु खाना पुगेका छन्

ढिँडो–रोटी, मकै–भटमास खाने बानी हराएर
चोके–ढ्याके ऋण गरेर भातै खाने बढेका छन्
मानोपाथी आम्दानी छ खर्च हुन्छ भकारीमा
मल र बल नहुनाले सिरु फुल्यो खेतबारीमा

नयाँ नौलो जमाना यो थरीथरी फेसन चल्यो 
मौलिकतालाई स्वाहा पार्ने भद्रगोल नै विकास भयो ।

– कृष्ण कुम्पुरे, आदमटार, धादिङ 

पाठक

Link copied successfully