त्रिविको जग्गा फिर्ता ल्याऊ

पुस १, २०८१

पाठक पत्र

Bring back Trivi's land

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयबाट निस्केका अधिकांश विद्यार्थीले यसबखत देश हाँकिरहेका छन् । तर, राजनीतिक दल र नेता/मन्त्रीको ठूला व्यवसायीसँग साँठगाँठले उनीहरूको त साख गिर्दै गएको छ, त्रिविले पनि आफ्नो भौतिक धरातलसमेत गुमाउँदै गएको प्रस्ट हुन्छ । आज त्रिविको २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमणमा परेको छ ।

विश्वविद्यालयका लागि यो भन्दा ठूलो विडम्बना के हुन सक्छ ? अतः सरकार जोसुकैको होस्, तर विगतमा त्रिविका लागि जुटाइएको जग्गा कसैगरी फिर्ता ल्याइयोस् । सरकारी कर्मचारी हुन् कि विश्वविद्यालयकै पदाधिकारी, स्पष्ट छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ । त्रिविलाई हिजोकै अवस्थामा ल्याई यसलाई राजनीतिक भागबन्डाबाट अलग राख्नुपर्छ । 

– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं 

पाठक

Link copied successfully