अति भएपछि

पुस १, २०८१

पाठक पत्र

After the excess

काठमाडौँ — ढुंगा पनि बोल्नुपर्छ अति भएपछिमाटो पनि चल्नुपर्छ अति भएपछि ।

‘जे गरे नि केही हुन्न’ तिनको सोचाइ रह्यो
‘हामीले भन्दा केही हुन्न’ हाम्रो सोचाइ भयो
नांगा स्वार्थीभित्र दुष्ट मति भएपछि
बोल्ने कहिले ? गल्तीहरू कति भएपछि ।

‘नाता’, ‘कृपा’ वादैवादले आफूलाई घेरी
बसेका छन् ‘पति’हरू आफैंलाई हेरी
आँट आउने हाम्रा पीडा कति भएपछि
नबोल्ने नि बोल्नुपर्छ अति भएपछि ।

प्रवृत्ति यो उल्टो भयो सुल्टो पार्नुपर्‍यो
काँतर भावको ऐंजेरुलाई झट्टै मार्नुपर्‍यो
यस्तै हुन्न विद्रोहको गति भएपछि
पक्कै पनि केही हुन्छ अति भएपछि ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक

Link copied successfully