ट्राफिक प्रहरीसँग अनुरोध

मंसिर ३०, २०८१

पाठक पत्र

Request to the traffic police

दैनिक रूपले गाडीको चाप हुने र अत्यधिक जाम हुने स्थानमध्ये विशेष गरेर काठमाडौंको त्रिपुरेश्वर क्षेत्र पनि एक हो ।

आफ्नो गन्तव्यतिर जाने क्रममा काठमाडौंको टेकु हुँदै थापाथलीतिर जानुपरेको खण्डमा भोटेबहालदेखि त्रिपुरेश्वरसम्म गाडी जामको समस्या भोग्नु यात्रुका लागि दैनिकी नै भइसकेको छ । त्यहाँको जामबाट राहत पाउन त्रिपुरेश्वरसम्मको लक्ष्मण रेखा पार गरेर जब थापाथली पुगिन्छ, बल्ल राहत अनुभव गरिन्छ । यसो हुनुको कारण सुन्धारा या रत्नपार्कतिर जाने सवारीसाधन थापाथली, त्रिपुरेश्वर हुँदै जानु पनि एक प्रमुख कारण हो । अनि धेरै लामो समयसम्म त्यही बाटो भएर सवारी एकनाससँग गुडिरहँदा थापाथलीतिर जान त्रिपुरेश्वरमा पालो कुरेर बसेका सवारी पनि लामो समयसम्म पालो कुरेर बस्नुपर्ने अर्को बाध्यता भयो । ट्राफिक प्रहरीलाई पनि थापाथलीबाट आएका सवारीका लस्कर नसकिएसम्म ती साइड दिइरहनुपर्‍यो । त्यसैले, थापाथलीदेखि त्रिपुरेश्वर हुँदै सुन्धारा या रत्नपार्कतिर जाने सवारीलाई रामशाहपथको बाटो हुँदै सिंहदरबार भएर जाने व्यवस्था लागू गर्न सकेमा सहज हुने थियो । सम्बन्धित निकायको ध्यान जाओस् ।

बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं

पाठक

Link copied successfully