जानेकै त्यही छ, गरौं ! अरू हामीजस्ता ल्वाँठ तयार छँदै छौं ।
– मणिराज दाहाल
बिगार्न, भत्काउन र मास्न कांग्रेस पार्टी छँदै छ । त्योभन्दा माथि अरू के बाँकी रह्यो र ।
– चोलाकान्त खनाल
अब कसका लागि क्रान्ति ? तिमीहरू प्रधानमन्त्री बनिसक्यौ । आफ्नो छोराछोरी डाक्टर, मेयर, सुन तस्करी बनाएर मोज गराइसक्यौ । गरिब जनता, जो तिम्रो क्रान्ति सफल गर्न आफ्नो ज्यानको बलिदान दिएर लागेका थिए । तिनीहरूलाई नै पेट पाल्न गणतन्त्र ल्याएको देश छोडेर राजा भएको देशमा जान बाध्य पारिसक्यौ । अब कसका लागि केका लागि क्रान्ति ? गरिब जनताका लागि क्रान्ति गरेको भए आज आफ्नै देशमा गणतन्त्र ल्याएर जनतालाई मोज हुनुपर्ने होइन र ?
– नरेश सिंह
अब बूढो भइयो, नत्र आँट गर्दा हुन्थ्यो ।
– तीर्थ सिलवाल
सत्ता, सत्ताभन्दा पनि तपाईं प्रतिपक्षमा बसेर सरकारलाई सजक बनाउँदै राष्ट्रलाई गति दिएको अति राम्रो हुने रै’छ । बल्ल सरकारले पनि काम गर्न थाल्दो रहेछ ।
– कुश्माखर पोखरेल
पेट क्रान्ति ? परिवार क्रान्ति ?
– युवराज
बाँकी नेताहरूको तुलनामा प्रचण्ड एक देशप्रेमी नेता हुन् र नेपाली जनताले प्रचण्डको महत्त्व बल्ल बुझ्दै छन् ।
– विशेष गिरी
नयाँ क्रान्ति निश्चय पनि आवश्यक छ । तर प्रचण्डलाई सत्ता आरोहण गराउन र सत्ता बचाइदिनचाहिँ अब कसैले पनि ‘क्रान्ति’ गर्दैन ।
– अनुराग रोशन
प्रत्यक्ष निर्वाचित कार्यकारीसहित युगान्तकारी अन्य व्यवस्थाको निम्ति ।
–साम्देन छ्योङ्गेल
अब फेरि देश ५० वर्षपछि पर्ने भयो नि ।
– चेतन घिमिरे
सत्ता पाएपछि एकछिनमै क्रान्ति सफल हुन्छ है कमाउरेड ।
– रवीन्द्र कुँवर
नातिका लागि क्रान्ति गरिदिनुपर्ने होला ।
– नरेन्द्र खड्का
एकदम छिटो सुरु गरौं प्रचण्डजी ।
– सविन हो
