सधैं एकनास कसरी रहला ?

मंसिर १८, २०८१

पाठक पत्र

How to always be the same?

काठमाडौँ — पक्कै कुनै दिन समय राम्रो चल्लाभ्रष्टाचारी नै पनि एकदिन गल्लाकति सकिएला निदाउन पनि तासुतेको न्याय उठ्ला र मुद्दा चल्ला ।

सीमा नाघेको छ अन्याय, अत्याचारले
तैपनि निराश भएर किन पीर गर्ने ? 
कुनै दिन सदाचारले गर्ने छ हल्ला
जनताको पक्षमा होला भारी पल्ला ।

रोप्दै जाऔं बिरुवा अल्छी नमानी
पछि फूल फल्ला अनि फल फल्ला
माथि जाने पनि त एउटा सीमा हुन्छ
एउटा बिन्दुमा पुगेपछि के नढल्ला ?

– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक

Link copied successfully