गगन किन भाइरल बन्दै छन् ?

मंसिर १७, २०८१

पाठक पत्र

Why is Gagan going viral?

काठमाडौँ — कीर्तिपुरको चुनावी सभामा कांग्रेस महामन्त्री गगन थापाले गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले बोलेको कुरा नराम्रो थिएन । नेपालमा पैसा कमाउने वातावरण बनाउन सके नेपाली युवालाई यहीं रोक्न सक्ने मात्र होइन विदेश गएकालाई पनि फिर्ता ल्याउन सक्ने उनको कुरालाई गलत भन्न सकिन्न ।

तर, तत्कालै त्यो वातावरण तयार छ त ? यही कुरालाई लिएर ल्यापटप बोकेर कीर्तिपुर जाने अनि मासिक ३/४ लाख कमाउने भनेर खिल्ली उडाउनुको अर्थ छैन । नेपालको जलविद्युत् र पर्यटन क्षेत्र उकास्न सकियो भने त्यो दिन आउन सम्भव पनि छ । गगन आफ्नो पार्टी सरकारमै रहेको भए पनि सरकारले गरेका गल्ती कमजोरीको विरोध गर्न चुक्दैनथे ।

प्रतिपक्षमा हुँदा मात्र होइन सत्तामा हुँदा पनि सरकारका अनियमिततामा छानबिन गर्नुपर्छ भनेर संसद्मै निर्धक्क साथ बोल्थे । संसद्को रोस्ट्रममा उभिएर उनले यती, ओम्नी, गिरीबन्धु, वाइडबडी सबै काण्डमा छानबिनको कुरा गरेका थिए । आशालाग्दा युवा नेताले बोल्दा धेरै सोचविचार गरेर बोल्नुपर्छ । कीतिपुरको सभामा व्यक्त अभिव्यक्ति र त्यसमाथि सामाजिक सञ्जालमा आएका क्रिया प्रतिक्रियालाई ध्यानमा राखेर उनी अगाडि बढ्न जरुरी छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully