काठमाडौं महानगर प्रमुखलाई तीन प्रश्न

मंसिर १७, २०८१

पाठक पत्र

Three questions to the head of Kathmandu Metropolitan City

काठमाडौँ — १. काठमाडौंको मुटु सुन्धारा–रत्नपार्क एरियामा सार्वजनिक सवारी व्यवस्थापन किन यति कमजोर छ ? लाखौं मान्छेको आवतजावत हुने स्थान यस्तो भद्रगोल र धूलोमैलो किन ? आजसम्म एक पटक गएर हेर्नुभएको छ यहाँको अवस्था ?

२. ठमेलबाट दरबारमार्गतर्फ जाने स्थानमा हजारौं स्वदेशी–विदेशी पर्यटकको आवतजावत हुन्छ । पर्यटकहरू बाटो काट्न नसकेर निराश मुद्रामा उभिएका देखिन्छन् । यस्तो महत्त्वपूर्ण स्थानमा एउटा आकाशे पुल निर्माण गर्न किन चासो राखिँदैन ?

३. सिंहदरबार मूलगेट अगाडिको ५२ नम्बर सडक बत्तीको पोल लामो समयबाट जोखिमपूर्ण अवस्थामा छ । यो जतिबेला पनि ढलेर ठूलो दुर्घटना हुन सक्छ । यो पोल फेर्न महानगर या सम्बन्धित निकायले किन चासो नदेखाएको ?

– सञ्जय अधिकारी, काठमाडौं

पाठक पत्र

Link copied successfully