देशको हितविपरीत सम्झौता नहोस्

मंसिर १७, २०८१

पाठक पत्र

Do not compromise against the interests of the country

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै छन् । कतिपय प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्दै आएका थिए । तर सार्वभौम देशका प्रधानमन्त्रीले जुन देशको भ्रमण गर्न सक्छन्, भारत भ्रमण नै पहिलो हुनुपर्छ भन्ने छैन । भारत र चीन हाम्रा असल मित्रराष्ट्र हुन् ।

शक्तिशाली दुई राष्ट्रका बीचमा रहेको नेपालका कार्यकारी प्रमुखले सो विचार गरेर कदम चाल्दा राम्रो होला । कसैलाई रिझाउन कसैलाई चिढाउने काम हाम्रा लागि फाइदा हुँदैन । भ्रमणका लागि भ्रमण हुन्छ कि नेपालका लागि फलदायक विषयमा सम्झौता हुन्छ, त्यो हेर्न बाँकी छ ।

चीन भ्रमणका क्रममा सम्झौता गर्न तयारी गरिएको बीआरआईसम्बन्धी दस्ताबेजमा कांग्र्रेस र एमालेबीच सहमति भएको छ । तर, के विषयमा सम्झौता भएको हो, सो आमजनताले थाहा पाउनुपर्छ । आमनेपालीको आग्रह छ कि प्रधानमन्त्रीले देशको हितविपरीत कुनै पनि सम्झौता नगर्नुहोला ।

– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully