गाउँको सिंहदरबार !

मंसिर १६, २०८१

पाठक पत्र

The lion palace of the village!

अब आफ्नो कामका लागि काठमाडौंमा रहेको सिंहदरबार धाउनु नपर्ने भयो । सिंहदरबारबाट हुने काम आफ्नै छिमेकी, दाजुभाइ, दिदीबहिनी तथा आफूजस्तै आमनागरिकबाट चुनिएको व्यक्तिले घरआँगनमा बसेर सबै काम गरिदिनेछन् ।

रोजगारी आफ्नै गाउँठाउँमा सिर्जना हुनेछ । स्थानीय तहको निर्वाचनपछि आमनागरिकमा यस खालको उत्साह जागेको थियो । विडम्बना, हामीले चयन गरेका जनप्रतिनिधि नै गलत परेछन् कि ! स्थानीयलाई कुनै राहत छैन । कुनै जानकारी न कुनै सवालजवाफ आर्थिक जरिवाना र करको दोहोरो मारमा जनता परेका छन् । कहींकतै उजुर लाग्दैन । सिंहदरबारले खडा गरेका समूहलाई चित्त बुझाउन नसक्दा आज जनता प्रताडित छन् । आमनागरिकले २०६२/०६३ को जनआन्दोलनमा ठूलो चाहना राखेका थिए । त्यसबखत कल्पना गरिएको ‘गाउँगाउँमा सिंहदरबार’ मा त आज नयाँ राजाहरूको उदय भइसकेछ । के हिजो परिवर्तनका लागि गरेको बलिदानी यही परिस्थिति निम्त्याउन थियो ? आमनागरिक यस्तै अनुत्तरित प्रश्न र आफ्नै निर्णयको बन्दी बन्न पुगेका छन् ।

रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully