नेपालीको नियति

मंसिर १६, २०८१

पाठक पत्र

Destiny of Nepalese

भ्रष्टाचार गरून् कि काण्ड मच्चाऊन्घूस पचाऊन् कि अपराधी बचाऊन्अपचलन गरून् कि दुरुपयोग गरून्विलासी होऊन् कि सुविधामा डुबून् ।

सेटिङ मिलाऊन् कि ऋण बढाऊन्
कर बढाऊन् कि मन्त्री बढाऊन्
सरकार चलाऊन् कि पद बढाऊन्
कार्यालय थपून् कि विभाग चलाऊन् ।
बकवास फैलाऊन् कि गफ लडाऊन्
जागरण फैलाऊन् कि आन्दोलन चलाऊन्
आक्रोश जगाऊन् कि निराशा पलाऊन्
भ्रमणमा जाऊन् कि बेचेर आऊन् ।
के यो देशको गति यही हो ?
उत्तर आउँछ– नेपालीको नियति नै यही हो ।

अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा

पाठक

Link copied successfully