बीआरआईमा सहमति सकारात्मक

मंसिर १६, २०८१

पाठक पत्र

Consensus positive on BRI

चीनसँग बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी थप सम्झौता गर्ने विषयमा सत्तारूढ दुई ठूला दलबीच सहमति जुटेको खबरले खुसी बनाएको छ ।

देशको आन्तरिक मामलामा दलबीच मत विभाजन हुनु स्वाभाविकै भए पनि बाह्य सम्बन्ध र परराष्ट नीतिहरूमा एकरूपता ल्याउन सके त्यसले देश बलियोहुने मात्र होइन बाह्य मुलुकले खेल्नसमेत पाउँदैनन् । दुर्भाग्य, विगतमा नेपालको परराष्ट्र नीति दलपिच्छे फरक ढंगले बन्ने बनाइने गरिएको थियो । जसले राष्ट्र–राष्ट्रियता कमजोर भइरहेको थियो ।
जसको सरकार बने पनि परराष्ट्र सम्बन्धमा भने सर्वदलीय सहमति गरेर मात्र नीति बनाउने, सन्धि सम्झौता गर्ने काम होस् । यस्तो एकरूपता नेपालबाट विदेशी नियोगको प्रतिनिधित्व हुन पठाइने राजदूतको समयावधिमा पनि लागू होस् । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने गलत परम्परा सदाका लागि हटाउने सहमति ठूला दलबीच भए राम्रो हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको विषयलाई लिएर पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय अखबार ‘हिन्दु’ लाई दिएको अन्तर्वार्ता आलोच्यपूर्ण छ । भारतलाई देखाउन ओलीले चिनियाँ कार्ड प्रयोग गरेको भन्ने प्रचण्डको सोच आफैंमा एकांकी र खेदजनक छ । सार्वभौम मुलुकको प्रधानमन्त्री कुनै राष्ट्रिय सम्झौताका लागि अर्को देशमा जानुलाई कार्ड खेलेको भनेर नकारात्मक रूपमा लिनु गलत छ । भारतका प्रधानमन्त्री अन्य देशको भ्रमण गर्न जति स्वतन्त्र छन्, नेपालको सवालमा पनि त्यही हो । प्रचण्डले आफूलाई भारतभक्त देखाउन त्यसो गरेको जस्तो लाग्छ, जुन आफ्नै लागि प्रत्युत्पादक पनि हुन सक्छ । छिमेकी रिसाउँछ भन्दैमा आफ्नो राष्ट्रको भूमि र सार्वभौमसत्तासँग सम्झौता गर्न सकिँदैन । त्यस हिसाबमा ओलीको अडान र अहिलेको चीन भ्रमण जायज छ ।

गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully