२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

६ कुकुरसहित चिनियाँ उद्वार टोली केहीबेरमा काठमाडौं अवतरण गर्दै

निर्मल श्रेष्ठ

हङकङ — भूकम्प पीडितहरूका सहयोगका लागि आइतबार सबेरै बेइजिङबाट उडेको ६८ सदस्यीय चिनियाँ उद्दार टोली केहीबेरमै काठमाडौं अवतरण गर्दैछ । टोलीमा ३८ चिनियाँ जनमुक्ति सेनाका जवानसहित चाइना इन्टरनेशनल सर्च एण्ड रेस्क्यु टिम (सीआइएसएआर) का तालिमप्राप्त विशेषज्ञ टोली र ६ कुकुर छन् ।


चीन सरकारले विशेष विमानबाट अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहित उद्दार टोली पठाएको हो । टोलीलाई विदाई गर्न चिनियाँ परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री लिउ जिनचाओ, चीनका लागि नेपाली राजदूत महेश मास्के, काउन्सिलर रामप्रसाद सुवेदी लगायत विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालमा भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक जस्तोसुकै सहयोगका लागि तयार रहेको जनाएका छन् । उनले शनिबार अबेर समकक्षी रामवरण यादवलाई पत्रमार्फत उक्त जानकारी गराएका हुन् । प्रधानमन्त्री लि खछ्याङ र परराष्ट्र मन्त्री वाङ यीले समेत आ(आºना समकक्षी सुशील कोइराला र महेन्द्रबहादुर पाण्डेलाई बेइजिङस्थित नेपाली दूतावासमार्फत सोही आसयको छुट्टाछुट्टै पत्र पठाएका छन् ।

प्रकाशित : वैशाख १३, २०७२ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?