हाम्रो समाजमा रक्तदान प्रणाली आपत्कालीन संस्कारमै सीमित छ । बिरामी परेपछि मात्रै रगत खोजी सुरु हुन्छ । समस्या रगतको अभाव होइन, व्यवस्थापन र तयारीको अभाव हो ।
What you should know
स्वस्थ मानिस प्रशस्तै छन्, तर किन रगत अभाव छ ? रगत उत्पादन हुँदैन, दान गर्नैपर्छ । रगत कुनै उद्योगमा उत्पादन हुने वस्तु होइन । विज्ञानले अहिलेसम्म कृत्रिम रगत बनाउने विकल्प विकास गर्न सकेको छैन । मानव जीवन बचाउन अर्को मानवले दिएको रगत आवश्यक हुन्छ । स्वस्थ व्यक्तिले हरेक तीन महिनामा एक पटक सुरक्षित रूपमा रक्तदान गर्न सक्छ । एक पटकको रक्तदानबाट तीन जनासम्मको जीवन बचाउन सकिन्छ ।
यति स्पष्ट तथ्य हुँदाहुँदै पनि हाम्रो समाजमा रक्तदान अझै नियमित अभ्यास बन्न सकेको छैन । रगत आवश्यक पर्दा मात्रै खोजिने चलन छ । यही कारण अस्पतालका गल्लीमा परिवारहरू घण्टौँ दौडिरहन्छन् ।
मान्छेले रक्तदान नगर्नुको मुख्य कारण हो– समाजमा रहेको डर र भ्रम । मानिसहरू भन्छन्, ‘रगत दिएपछि शरीर कमजोर हुन्छ, चक्कर आउँछ, रोग सर्छ, भविष्यमा आफैंलाई रगत चाहिँदा समस्या पर्छ ।’ यी कुरा वैज्ञानिक रूपमा गलत सावित भइसकेका छन् । नियमित रक्तदान गर्ने व्यक्तिको शरीरमा नयाँ रगत उत्पादन प्रक्रिया सक्रिय हुन्छ, मुटु र रक्तसञ्चार प्रणाली सन्तुलित रहन्छ । आधुनिक रक्त संकलन प्रणाली पूर्ण रूपमा सुरक्षित भएकाले रोग सर्ने सम्भावना हुँदैन । समस्या शरीरमा होइन, मानसिकतामा छ ।
हाम्रो समाजमा रक्तदान प्रणाली आपत्कालीन संस्कारमै सीमित छ । बिरामी परेपछि मात्रै रगत खोजी सुरु हुन्छ । समस्या रगतको अभाव होइन, व्यवस्थापन र तयारीको अभाव हो ।
रक्तदानलाई ‘अभियान’ होइन, ‘संस्कार’ बनाउनु आवश्यक छ । विद्यालय, कलेज, कार्यालय, क्लब र संघसंस्थामा नियमित रक्तदान कार्यक्रम हुनुपर्छ । रक्तदाता दर्ता प्रणाली बलियो हुनुपर्छ । आपत्कालीन अवस्थाका लागि तयार सूची र सम्पर्क संयन्त्र आवश्यक छ ।
रक्तदानलाई ‘अभियान’ होइन, ‘संस्कार’ बनाउनु आवश्यक छ । विद्यालय, कलेज, कार्यालय, क्लब र संघसंस्थामा नियमित रक्तदान कार्यक्रम हुनुपर्छ । रक्तदाता दर्ता प्रणाली बलियो हुनुपर्छ । आपत्कालीन अवस्थाका लागि तयार सूची र सम्पर्क संयन्त्र आवश्यक छ ।नेपाल युवाहरूको देश हो । १८ देखि ४५ वर्ष उमेर समूह नै सबैभन्दा सक्षम रक्तदाता समूह हो । यदि यही समूह सक्रिय भयो भने रक्त अभावको समस्या समाधान हुन सक्छ । विद्यालय र कलेजस्तरमै रक्तदानबारे शिक्षा दिन सकियो भने युवामा सकारात्मक सोच विकास हुन्छ । रक्तदानलाई सामाजिक जिम्मेवारीको अभ्यासका रूपमा बुझाउनुपर्छ । रक्त आपूर्ति व्यवस्थापन केवल केही संस्थाको जिम्मा होइन । स्थानीय सरकार, अस्पताल र स्वास्थ्य चौकी सबैको साझा जिम्मेवारी हो । आफ्नो क्षेत्रमा कति जनसंख्यालाई कति रगत आवश्यक पर्छ ? कति सक्रिय रक्तदाता छन् ? आपत्कालीन अवस्थामा कसरी व्यवस्थापन गर्ने ? हरेक स्थानीय तहले यी तथ्यांक तयार पार्नुपर्छ ।
ब्लड बैंकको क्षमता विस्तार, भण्डारण प्रणाली सुधार र ग्रामीण क्षेत्रमा समेत सहज पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो । आज प्रविधिको युगमा रक्तदाता र बिरामी जोड्न सजिलो भएको छ । मोबाइल एप, सामाजिक सञ्जाल र अनलाइन दर्ता प्रणाली उपलब्ध छन् ।
तर, प्रविधि समाधान होइन, केवल साधन हो । यदि मानिसको सोच बदलिएन भने एपले रगत दिन सक्दैन । मानिसमा ‘म स्वस्थ छु भने रगत दिन सक्छु’ भन्ने भावनाको विकास हुनु जरुरी छ । रक्तदान सामाजिक उत्तरदायित्वको विषय पनि हो । हामी विद्यालय बनाउँछौं, मन्दिर बनाउँछौं, सडक बनाउँछौं । तर, एउटा सानो रक्तदानले एउटा परिवारको भविष्य जोगाउन सक्छ भन्ने बिर्सन्छौं । आज पो हामी स्वस्थ छौं, भोलि हामीलाई पनि रगत आवश्यक पर्न सक्छ । आज अरूलाई बचायौं भने भोलि कसैले हामीलाई बचाउनेछ ।
नेपालमा रगत अभाव हुनु प्राकृतिक समस्या होइन । यो व्यवस्थापन, मानसिकता र प्राथमिकताको समस्या हो । रगत दिन सक्ने मानिस प्रशस्तै छन्, तर नियमित प्रणाली कमजोर छ । डर र भ्रम अझै समाजमा बलियो छ । सचेतना कार्यक्रम छरपष्ट छन्, निरन्तर छैनन् । अब प्रश्न यही हो— हामी रक्त अभावको गुनासो मात्रै गर्ने कि समाधानको हिस्सा पनि बन्ने ?
रक्तदान कुनै ठूलो त्याग होइन । तर, यसको परिणाम अत्यन्तै ठूलो हुन्छ । एक पोका रगतले एउटा जीवन, एउटा परिवार र एउटा भविष्य बचाउन सक्छ । त्यसैले आजै निर्णय गरौं— रक्तदानलाई आपत्कालीन कर्म होइन, दैनिक जीवनको संस्कार बनाऔं । किनकि प्रश्न ‘रगत किन अभाव भयो ?’ होइन । आजको आवश्यकता हो— रगत अभाव अझै किन हाम्रो नियति ?
