कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव

कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

श्रावण ५, २०८३

रासस

Car catches fire in Kirtipur, police recover body

काठमाडौँ — काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात् आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ ।

स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेला पारेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । सो कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको उनको भनाइ छ ।

आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको उनले बताए ।

रासस

Link copied successfully