गणेश नेपालीका परिवार र सरकारबीच सहमतिको ड्राफ्ट बन्दै

वार्तामा सहभागी गणेशका भतिज मन नेपालीले वार्ता सहमति नजिक पुगेको बताएका छन् । सहमतिका बुँदाहरू समेटेर ड्राफ्ट तयार भइरहेको उनको भनाइ छ ।

असार २८, २०८३

विशाल कार्की .

काठमाडौं — आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकार पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ छ । वार्तामा सहभागी मुगुका सांसद खड्‌गबहादुर शाहीले चारदिनदेखि जारी वार्ता आइतबार सहमति जुटेको बताएका हुन् ।

वार्तामा सहभागी गणेशका भतिज मन नेपालीले पनि सहमति नजिक पुगेको बताएका छन् । सहमतिका बुँदाहरू समेटेर ड्राफ्ट तयार भइरहेको उनले बताए । उक्त ड्राफ्ट कस्तो आउँछ त्यसपछि निर्णय हुने उनले बताए । पीडितका तर्फबाट वार्तमा २५ जना सहभागी छन् । सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित अन्य प्रतिनिधि सहभागी छन् ।

गणेश नेपालीका तर्फबाट वार्तामा उनका दाई मदन नेपाली, धर्मराज शाही, गणशकी श्रीमती एकमाया नेपाली, बुबा चिने नेपाली र फुपु सहभागी थिए । 

जिल्ला प्रहरी कार्यालयमा भएको वार्तामा ३ पटकसम्म निश्कर्षविहीन भएको थियो । वार्ता निष्कर्षविहीन भएपछि गणेशको शव त्रिवि शिक्षण अस्पतालमै छ । यसअघि सरकारी पक्षको तर्फबाट जिल्ला प्रशासन कार्यालयले गणेशका परिवारसँग ६ बुँदे सहमति प्रस्ताव राखेको थियो । जसमा मृतककी श्रीमतीलाई रोजगारी र बुवाआमाको पालनपोषणको जिम्मेवारी र छोरीलाई नि:शुल्क उच्च शिक्षाको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भनिएको छ । 

विशाल उनी ईकान्तिपुरका मल्टीमिडिया रिपोर्टर हुन् ।

Link copied successfully