मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

प्रहरीले मोटरसाइकल आफैँ अनियन्त्रित भई सिसौको रुखमा ठोकीएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ ।

फाल्गुन ३, २०८२

शिव पुरीरौतहट

रौतहट — रौतहटको गौर–गंगापिपरा सडक खण्डको झाझ पुलनजिक मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू दुवै श्रीमान् श्रीमती हुन् । 

आइतबार बिहान गंगापिपराबाट गौर आउँदै गरेको भारतीय बीआर ३–यू १३७१ नम्बरको मोटरसकइल दुर्घटनामा परि यमुनामाई गाउपालिका–४ सरुअठाका २४ बर्षीय जितेन्द्र साह र उनका श्रीमती २२ बर्षीया पुनम देवी साहको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी विष्णप्रदीप बस्यालले जानकारी दिए । 

‘मोटरसाइकल दुर्घट्नाको थप अनुसन्धान हुदै छ,’ उनलेभने, ‘प्रहरी टोली अहिले त्यसैमा लागेको छ ।’ घट्नास्थल पुगेको प्रहरीले मोटरसाइकल आफैँ अनियन्त्रित भई सिसौको रुखमा ठोकीएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ ।

मोटरसाईकल दुर्घट्नामा परी अचेत अवस्थामा सडक तल लडेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी गंगापिपरा र जिल्ला प्रहरीको टोली घट्नास्थल पुगेर दुवैलाई उद्धार गरी उपचारको लागी प्रादेसिक अस्पताल गौर लगेको थियो ।

अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीले जनाएको छ । दुबैको शव पोस्टमार्टमका लागी गौर अस्पताल राखेको प्रहरीले जनाएको छ । 

शिव

Link copied successfully