शाहले गाडीबाट हात हल्लाएर घण्टी बजाउँदै गुलरियामा सर्वसाधारणको अभिवादन स्विकार गरेका थिए ।
बर्दिया — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह गुलरिया आउँदा सर्वसाधारणको थामिनसक्नु घुइँचो देखिएको छ । सोमबार अपराह्न शाह नेपालगन्ज हुँदै गुलरियाको राधाकृष्ण चोकमा पुग्दा सर्वसाधारणको घुइँचो देखिएको हो ।
शाहलाई हेर्न दिउँसो १ बजेदेखि नै समर्थक तथा सर्वसाधारणको चोकमा उत्साहजनक उपस्थिति थियो । भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । शाहले गाडीबाट हात हल्लाएर घण्टी बजाउँदै सर्वसाधारणको अभिवादन स्विकार गरेका थिए ।
शाह नेपालगन्ज, बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै आजै कैलालीतर्फ जाने जनाइएको छ ।
