आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (संयुक्त) ले सोमबार पत्रकार सम्मेलन गरी शर्माको नाम बर्दिया-२ का लागि सिफारिस गरेको सार्वजनिक गरेको हो ।
बर्दिया — नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट निता शर्माको नाम सिफारिस गरेको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (संयुक्त) ले सोमबार पत्रकार सम्मेलन गरी शर्माको नाम बर्दिया-२ का लागि सिफारिस गरेको सार्वजनिक गरेको हो ।
‘क्षेत्र नम्बर १ बाट उम्मेदवारको नाम टुंग्याउन छलफल भइरहेको छ,’ नेकपा (संयुक्त)का प्रचार विभाग प्रमुख दामोदर अर्यालले भने, ‘अब छिट्टै बर्दिया–१ बाट पनि उम्मेदवारको नाम टुंग्याउने कोसिस भइरहेको छ ।’