सरकारले जेन–जी आन्दोलनकै जगमा खडा भएको सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै तरहको सुविधा र सहजता प्रदान गर्ने गृहमन्त्री अर्यालले बताए ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी सहिद योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताएका छन् ।
मंगलबार साँझ बानेश्वरमा हालैको आन्दोलनमा ज्यान गुमाएका जेन–जी सहिदको सम्झनामा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहिदका सपनालाई साकार पार्नु यो सरकारको चुनाव पछिको अर्को प्रमुख जिम्मेवारी भएको बताएका हुन् ।
सरकारले जेन–जी आन्दोलनकै जगमा खडा भएको सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै तरहको सुविधा र सहजता प्रदान गर्ने मन्त्री अर्यालले बताए।
