महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

बडालले प्रधानमन्त्री रहेका ओलीले राजीनामा दिएलगत्तै आफूले पनि दिएको तर आज मात्र स्वीकृत भएर आएको बताए ।

भाद्र २९, २०८२

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले २४ भदौ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । बडालले प्रधानमन्त्री रहेका ओलीले राजीनामा दिएलगत्तै आफूले पनि दिएको तर आज मात्र स्वीकृत भएर आएको बताए । प्रधानमन्त्रीले नियुक्ति दिने भएकाले उनीसँगै महान्यायाधिवक्ताले पनि राजीनामा दिने परम्परा छ । सोही परम्परा अन्तर्गत बडालले पनि राजीनामा दिएका हुन

Link copied successfully