रवि लामिछाने नख्खु कारागार फर्किए

भाद्र २८, २०८२

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् ।

 जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका छन् । एक घण्टाअघि नै उनि आएको उनले जानकारी दिए ।

nजेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए । 

nकारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि लामिछाने शनिबार साँझ कारागार पुगेका हुन् ।

nउनलाई प्रक्रिया पुर्‍याएर कारागारमा राख्ने तयारी भइरहेको एक अधिकारीले बताए ।

Link copied successfully