कान्तिपुर टेलिभिजनको नियमित प्रसारण शुक्रबारदेखि सुरु भएको छ । जेन–जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रसारण शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको हो ।
हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रसार गरिएको छ । जेन–जी आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थापाथलीमा रहेको कान्तिपुर पब्लिकेशन्स्को कार्यालयमा आगजनी र तोडफोड हुँदा २४ भदौ दिउँसोदेखि प्रसारण बन्द भएको थियो । ई–कान्तिपुर अनलाइनसमेत अवरुद्ध हुन पुगेको थियो । तस्बिर : कान्तिपुर
