काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो राख्दै कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी, ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ बताएको छ । आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको पनि उल्लेख गरेको छ ।
