मध्यरातमा कांग्रेस नेताहरूलाई राष्ट्रपतिको सन्देश : सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु 

शीतल निवासमा जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको बताएका छन् ।

भाद्र २७, २०८२

काठमाडौँ — शीतल निवासमा जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको बताएका छन् । राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले भने, \'अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्दै छु ।\'

स्रोतका अनुसार आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन अग्रसर भएका छन् । 

शीतल निवासमा मध्यरातसम्म जारी छलफलमा राष्ट्रपतिका अलावा प्रधानसेनापति, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् ओमप्रकाश अर्याल रहेको बुझिएको छ । चार जनाबीच जारी वार्तामा संसद् विघटनको विषयमा मतभेद भएको बुझिए पनि यसलाई कुन संवैधानिक उपायबाट गर्ने भन्नेमा छलफल केन्द्रित छ ।


Link copied successfully