सप्तरीको बस्तीमा पसेको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै

फाल्गुन १९, २०८१

अवधेशकुमार झा

The tiger that entered Saptari settlement is being taken to Parsa National Park

राजविराज — सप्तरीको सप्तकोशी नगरपालिका-१ खोरियाटोलमा सोमबार बिहान बस्ती पसेको बाघलाई साँझ ६ बजे नियन्त्रणमा लिइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षवाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै छ ।

सोमबार बिहान फतेपुरको खोरियाटोलमा बाघ बस्तीमा पसेको थियो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बस्तीमा बाघ आएको अनुमान गरिएको छ । आरक्षको टोलीले डार्ट गरेर बाघलाई बेहोस बनाएका थिए । 

बाघको आक्रमणबाट स्थानीय तीन जना घाइते भएका छन् । बाघ दिनभर बस्तीमा रहेका कारण स्थानीय डराएका थिए । सुरक्षाकर्मी र स्थानीय बासिन्दाले धेरै बेरसम्म हल्ला गरेपछि बाघ स्थानीय भरत विष्टको घरमा छिरेको थियो ।

त्यसपछि स्थानीयले उक्त बाघलाई त्यही घरभित्र थुनिदिएका थिए । आरक्षबाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिएर पर्सा लगेको हो । 

अवधेशकुमार

Link copied successfully