माओवादी नै सक्कली मधेशवादी हो : अध्यक्ष दाहाल

फाल्गुन १६, २०८१

अवधेशकुमार झा

The Maoists are completely Madheshists: President Dahal

सप्तरी — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सक्कली मधेशवादी माओवादी नै भएको दाबी गरेका छन् । अब सक्कली र नक्कली मधेशवादी छुट्याउने समय आएको बताउँदै माओवादी नै सक्कली मधेशवादी भएको उनले दाबी गरेका हुन् । 

'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'अन्तर्गत सप्तरीको राजविराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवासँगको अन्तर्कियामा दाहालले मधेशवादी भनिएका दलहरूको गतिविधि जनतातिर वा मधेशको हिततर्फ नभएको आरोप लगाएका हुन् ।

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको  पनि उनको भनाइ छ ।  मधेशवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको समेत उनले बताएका छन् । माओवादी आन्दोलन र मधेशका शक्ति एकठाउँमा केन्द्रित नभए देश अस्थिरता,अराजकता र आर्थिक रूपमा एउटा भयानक दुश्चर्कमा फस्ने खतरा रहेको उनको भनाइ छ । 

The Maoists are completely Madheshists: President Dahalजनयुद्धमा रामराजाप्रसाद सिंहको सहयोगको स्मरण गर्दै माओवादीले मधेश र मधेशीलाई सम्मान गर्न गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजाप्रसाद सिंहलाई बनाएको पनि उनले बताए । 'माओवादीले रामराजाप्रसाद सिंहलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार बनायो तर आफूलाई मात्र मधेशीका नेता ठान्ने केही नेताले नै सिंहलाई राष्ट्रपति बन्न रोके,' दाहालले भने । 

त्यस्तै माओवादीका वरिष्ठ उपाध्यक्ष नाराययणकाजी श्रेष्ठले वर्तमान सरकार निरकुंश बनेको आरोप लगाए । सामाजिक सञ्जाल विधयेक ल्याएर सरकारले बोल्न र लेख्न नदिने मनशाय राखेको उनको आरोप छ । त्यसैगरी नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले संघीयताको रक्षा मधेशवादी दलबाट सम्भव नरहेको बताए । 

अवधेशकुमार

Link copied successfully