कोसी ब्यारेज — सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरुको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए ।
कोसी व्यारेज भएर ५ लाख ३१ हजार क्युसेक पानीको वहाब भइरहेको छ ।
