प्रदेश ३ को नाम वाग्मती, प्रस्तावको पक्षमा दुई तिहाइ मत- समाचार - कान्तिपुर समाचार

प्रदेश ३ को नाम वाग्मती, प्रस्तावको पक्षमा दुई तिहाइ मत

काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबारको बैठकमा भएको मतदानमा दुई तिहाई बढी सांसदले प्रदेशको नाम वाग्मती राख्ने पक्षमा मत दिएका हुन् ।

प्रदेशको नाम वाग्मती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो । ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन् ।

प्रकाशित : पुस २७, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

सूचना प्रविधि विधेयक लोकतन्त्र र विधिको शासन विरुद्धमा : कोइराला 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारले ल्याउन लागेको ‘सूचना प्रविधि विधेयक’ लोकतन्त्र तथा विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यता विपरित रहेको बताएका छन् । संविधानले ग्यारेन्टी गरेका नागरिकका विचार अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउन लागेको विधेयक स्वीकार्न नसकिने कोइरालाले बताएका छन् ।

कोइरालाले आइतबार जारी गरेकाे विज्ञप्तिमा सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक सञ्जालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिस्ट, व्यंग्यकार र सर्वसाधारणलाई जेल हाल्ने कानुन ल्याइनु सर्वसत्तावादको पूर्वाभ्यास भएको उल्लेख छ ।

‘लोकतन्त्रिक गणतन्त्र कमजोर बनाउने कार्य जो कोहीबाट भए पनि त्यसको सशक्त प्रतिकार नेपाली कांग्रेसले गर्छ । नागरिक समाज, बुद्धिजिवी, पेशागत संघ संस्थालगायत सम्पूर्ण नागरिक विधेयकका विरुद्धमा एक भएर उभिनुको विकल्प छैन्,’ कोइरालाले विज्ञप्तिमा भनेका छन् ।

प्रस्तावित विधेयक तत्काल फिर्ता लिन कोइरालाले सरकारलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित : पुस २७, २०७६ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×