३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सर्लाही घटनाकाे छानबिन गर्छाैं : गृहमन्त्री

ऋषिराम पौड्याल

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पाैडेल मारिएकाे घटना छानबिन गर्ने बताएका छन् । साेमबार बिहान संसदको राज्य व्यवस्था समिति बैठकमा सर्लाही घटना बारेको छलफलमा गृहमन्त्री थापाले उक्त घटना प्रहरी मुडभेडमै भएको दाबी गर्दै छानबिन गर्ने बताए ।

सर्लाही घटनाकाे छानबिन गर्छाैं : गृहमन्त्री

बैठकमा उपस्थित सबैजसो सांसदहरुले सर्लाही घटना मुडभेडमा नभई नियन्त्रणमा लिएर भएकोे बताएका थिए ।

सांसदहरु जनार्दन शर्मा, दिलेन्द्र वडू, झपड रावल, यशोदा सुवेदी, रामसराय यादव लगायतले उक्त घटना छानबिन हुनुपर्ने माग गरेका थिए ।

सांसद शर्माले कानुनत उनलाई नियन्त्रणमा लिनुपर्नेमा यो घटनाले द्वन्द्व बढाउने बताए ।

बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द खनाल पनि उपस्थित थिए । खनालले मृतक पौडेल विभिन्न घटनामा संलग्न भएको बताएका थिए । सांसद् तीर्था गौतमले यो घटनाले पुनः द्वन्द्व बढ्ने भन्दै बैठकमै रोएकी थिइन् ।

गृहमन्त्री थापाले सरकारले वार्ता गर्न चाहे पनि चन्द समूहले नचाहेको बताए । .

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पौडेलकाे लालबन्दी-१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो प्रहरीकाे गोली लागेर मृत्यु भएकाे थियाे ।


समितिले सर्लाहीमा भएको पौडेल काण्डबारे छानविन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले छानविनको प्रतिवेदन बुझाउन एक साताको समय दिएको छ ।

प्रकाशित : असार ९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?