मुलुकी संहिता सुधार गर्नुपर्छ : पौडेल

भाद्र १९, २०७५

रासस/याेन्हाप

तनहुँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

रिपोटर्स क्लब नेपालले मंगलबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल नभएको बताए । 'म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,' वरिष्ठ नेता पौडेलले भने । 


लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पूरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने भन्दै उनले विकास योजनालाई केन्द्रीकरण नगरी सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्ने बताए । 

मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लैजानु पर्ने बताए ।     

रासस/याेन्हाप

Link copied successfully