भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी आन्दाेलित

विनियमावली पारित हुनुपर्ने माग राख्दै उनीहरुले आज कालोपट्टी बाँधेर काम गरे ।

श्रावण ४, २०८३

सुन्दर शिल्पकार

Bhaktapur Cancer Hospital employees and health workers protest

भक्तपुर — भक्तपुर क्यान्सर अस्पतालका कर्माचारी तथा स्वास्थ्यकर्मी आन्दाेलित भएका छन् । कर्मचारी विनियमावली पारित हुनुपर्ने उनीहरुको माग छ ।

लामाे समयदेखि कर्माचरी विनियमावली मन्त्रालयबाट पारित हुन नसकेको भन्दै उनीहरुले आज कालाेपट्टी बाँधेर काम गरेर छन् । केहीबेर नाराबाजी पनि गरे ।

कर्माचारी नियमावली नहुँदा ३ सय ७२ जना करार र ज्यालदारी कर्माचारी प्रत्यक्ष मारमा पर्ने प्रशासन प्रमुख राजाराम तजलेले बताए ।

सुन्दर

Link copied successfully