सुनचाँदीकै मूल्य बढ्यो

शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ९ सयले बढेको हो ।

श्रावण ३, २०८३

रासस

The price of gold and silver has increased.

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ९  सय र चाँदी रु ४० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार २४० निर्धारण भएको छ । 

गत शुक्रबार एक तोला सुन २ लाख ८२ हजार १ सय र चाँदी ४ हजार २ सयमा खरिदबिक्री भएको थियो ।

रासस

Link copied successfully