लागुऔषध कारोबारी पक्राउ गर्न कुलेश्वरमा प्रहरीले चलायो गोली

आइतबार मध्यान्‌ह विशेष सूचनाका आधारमा खटिएको टोलीले काठमाडौंको कुलेश्वरमा गोली प्रहार गरी एक भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

श्रावण ३, २०८३

गौरव पोखरेल

Police open fire in Kuleshwor to arrest drug dealer

काठमाडौं — लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । आइतबार मध्यान्‌ह विशेष सूचनाका आधारमा खटिएको टोलीले काठमाडौंको कुलेश्वरमा गोली प्रहार गरी एक भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । 

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा उनीहरूबाट उल्टै आक्रमण भएपछि गोली चलाउनुपरेको ब्यूरोका एसएसपी सुभाष बोहराले कान्तिपुरलाई बताए ।

प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । थप दुई नेपाली नागरिक पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully