काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले विभाग अगाडी मोटरसाइकल पार्किङ गरेको र बाइकमा महानगर प्रहरीले व्हील लक लगाइदिएको थियो । आफ्नो बाइकमा व्हील लक लगाएको भन्दै बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् ।
काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले विभाग अगाडी मोटरसाइकल पार्किङ गरेको र बाइकमा महानगर प्रहरीले व्हील लक लगाइदिएको थियो । आफ्नो बाइकमा व्हील लक लगाएको भन्दै बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् ।
आगो लगाएपछि घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो ।अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा भए पनि शरीरका विभिन्न भाग जलेका छन् र अवस्था गम्भीर रहेको छ ।