भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ जना घाइते 

कलमसीबाट कमलविनायक आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जेष्ठ २०, २०८३

सुन्दर शिल्पकार

Two killed, 9 injured in tractor accident in Bhaktapur

काठमाडौँ — भक्तपुरको चाँगुनारायण नारायण नगरपालिकास्थित सुडालमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । 

ढलान गर्न प्रयोग हुने मिक्स्चर बोकेको ट्र्याक्टर दुर्घटनामा २२ वर्षीय हेमबहादुर नेपाली र ३२ वर्षीय विजय राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सुर्यबहादुर खड्काले जानकारी दिए । 

कलमसीबाट कमलविनायक आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

सुन्दर

Link copied successfully