लुटपाटमा संलग्नलाई समात्न प्रहरीले जडीबुटीमा गोली चलायो

प्रहरीमाथि जाइलागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

जेष्ठ १६, २०८३

गौरव पोखरेल

Police fire on herbs to catch robbery suspect

काठमाडौँ — लुटपाटमा संलग्नलाई समात्न प्रहरीले जडीबुटीमा गोली चलाएको छ । प्रहरीमाथि जाइलागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार कार्की भदौ २४ मा केन्द्रीय कारागारबाट फरार भएका थिए । 

कार्की डाँका मुद्दाका आरोपित हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी भट्टराईले कान्तिपुरलाई बताए । 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully