त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित पसलमा प्रधानमन्त्री कार्यालयसहितको टोलीद्वारा अनुगमन

प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले विमानस्थलमा रहेका सबै पसल तथा बिक्री केन्द्रमा बिहीबार अनुगमन गरिरहेको हो ।

वैशाख १०, २०८३

सुरज कुँवर

A team from the Prime Minister's Office monitors shops operating at Tribhuvan International Airport

काठमाडौँ — प्रधानमन्त्री कार्यालयसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित पसलहरुमा अनुगमन गरिरहेको छ । 

प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले विमानस्थलमा रहेका सबै पसल तथा बिक्री केन्द्रमा बिहीबार अनुगमन गरिरहेको हो । विमानस्थल स्रोतकाअनुसार कैफियत भेटिएमा नियमअनुसार कारबाही गरिनेछ । 

विमानस्थलमा वाणिज्य विभागले नियमित अनु्गमन गर्दै आएको छ । यसपटक भने प्रधानमन्त्री कार्यालयसमेत मिसिएको हो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully